Free मा मलेसियाको Top Glove कम्पनीमा रोजगारको अवसर !

समाज

फ्री भिसा र फ्री टिकेट सहित मलेसियामा बैदेशिक रोजगारको लागि माग आएको छ । मलेशियाको Top Globs Sdn Bhd मा FACTORY WORKERS को लागि माग आएको हो ।

मलेसियाको उक्त कम्पनीले ठूलो संख्यामा नेपाली कामदारको माग गरेको हो उक्त कम्पनीले 310 जना पुरुषको माग भएको छ । मेनपावर कम्पनीले जनाए अनुसार मासिक तलव RS 34,408 हुनेछ ।

सम्पुर्ण जानकारीको लागी तल दिइएको बिज्ञापन तथा मेनपावरको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ ।
मेनपावर कम्पनीको डिटेल

Trust Nepal Overseas Pvt. Ltd, +9771-4377190, +9771-4377196, License No: 259/058/59

यो पनि…आजबाट संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइन माध्यमबाट मात्रैवैदेशिक रोजगार विभागले बैशाख २ गते शुक्रबार (आज) देखि पूर्णरूपमा अनलाइन माध्यमबाट मात्रै संस्थागत श्रम स्वीकृति जारी गर्न थालेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको जानकारी दिए ।

विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ ।

अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड हटेको छ । कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ । विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।

पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फछ्र्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.