कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई NRNA को आग्रह किन हेर्नुहोस्।

समाज

दोहा ।

साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए)ले आग्रह गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार विदेश आउँदा चर्को ब्याजमा ऋण लिएर आएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, नेपाल फर्किन चाहे पनि सहजै फर्किन नसक्ने, कम्पनी, म्यानपावर, एजेन्ट, वैदेशिक रोजगार विभाग लगायतका निकायहरूमा आफ्नो कुरा राखे सुनुवाइ हुँदैन ।

‘नेपाल फर्कन नसक्ने अवस्थामा अधिकांश नेपालीहरू भागेर काम गरिरहेका सर्बबिद्दितै छ । तर भागेर काम गर्नु साउदीमा गैर कानुनी रहेको र यहाँ रहँदा कुनै पनि व्यक्तिगत समस्याहरू आउँदा कहीँ कतै ९चाहे कम्पनीबाट होस् या त।

नेपाल सरकारबाट होस्० बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कम्पनी छोडेर भागेर काम नगर्न सबैमा अनुरोध गर्दछौँ, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भागेर काम गर्नुपर्ने बाध्यता भए पनि विदेशको ठाउँमा त्यो गैर कानुनी बाटोलाई अवलम्बन नगर्न, जस्तो सुकै समस्या परे पनि त्यसलाई सामना गर्न धैर्य गर्ने र आफूलाई परेको समस्या सम्बन्धित निकायहरूमा जानकारी गराई पहल अनुरोध गर्ने गर्नु नै उचित हुने सङ्घले जनाएको छ ।

यदि कहीँ कतैबाट पनि समस्या समाधान हुन नसके संघलाई खबर गर्न अनुरोध गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
1
+1
1
+1
8
+1
0

Leave a Reply

Your email address will not be published.