शिवरात्रिको दिन भुलेर पनि नचढाउनुहोस् यी ५ चिज, अ’ निष्ट हुनसक्छ !
महाशिवरात्रि पर्व फागुन १७ गते मंगलबार मनाइनेछ। पञ्चांग अनुसार फाल्गुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ। शिव र पार्वतीको विवाह महाशिवरात्रिको दिन भएको मानिन्छ। महाशिवरात्रिको दिन भक्तजनहरू शिव मन्दिरमा गएर जलाभिषेक र रुद्राभिषेक गर्छन्।
यसका साथै मनोकामना पूरा गर्न शिवलिंगमा धेरै चीजहरू चढाइन्छ । तर, कयौं पटक भूलवश केही यस्ता कुराहरू चढाइन्छ, जसलाई शास्त्रमा निषेध मानिएको छ। यस्तो अवस्थामा महाशिवरात्रिको दिन शिवको पूजामा कुन-कुन चिजको प्रयोग गर्नु हुँदैन त ? थाहा पाउनुहोस्…..
तुलसीको पात – हिन्दू धर्ममा तुलसीको विशेष महत्व भएतापनि शिवको पूजामा यसको प्रयोग निषेध गरिएको छ। शिवको पूजामा तुलसीको प्रयोग गर्दा मनोकामना पूरा हुँदैन ।
तिल – शास्त्र अनुसार तिल शिवको पूजामा निषेध गरिएको छ। तिलको उत्पत्ति भगवान विष्णुको शरीरको फोहोरबाट भएको विश्वास छ। यही कारण शिवको पूजामा तिलको प्रयोग हुँदैन ।
सिन्दुर -शिवलिंगमा सिन्दुर चढाउन निषेध गरिएको छ। यो किनभने सिन्दुरलाई सौभाग्यको प्रतीक मानिन्छ। जबकि भोलेनाथ बैरागी हुन्। शिवलिंगमा खरानी चढाउनु शुभ मानिन्छ।
नरिवल – शास्त्र अनुसार शिवलिंगमा नरिवल जलले अभिषेक गर्नुहुँदैन। नरिवललाई लक्ष्मीको प्रतीक मानिन्छ । यसका साथै यो भगवान विष्णुसँग पनि सम्बन्धित छ। शिवको पूजामा नरिवलको प्रयोग गर्नु हुँदैन ।
केतकी फूल – एक भाँडो शुद्ध जल, अक्षता र बेलपत्रले भगवान शिवको पूजा गर्न सकिन्छ । शिव पुराण अनुसार भगवान शिवको पूजामा केतकी फूलको प्रयोग गर्नु हुँदैन।