२४ घण्टामा यति धेरै जनामा कोरोना पुष्टि

स्वास्थ्य

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार ८८ जनामा परीक्षण गर्दा ५ हजार २९२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ३६८ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४७२ जनामा र ५ हजार ७२० जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९०.५प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या ११ हजार ७४३ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ७९ हजार २७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो पनि पड्नुहोस।

भारतमा एकै दिन दुई लाख जनामा कोरोना।

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि सङ्क्रमितावस्थामै रहेको जनाएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० सङ्क्रमित भएका छन् ।

पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कुल ‘मृ’त’क’को सङ्ख्या चार लाख ९५ हजार ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.