महानायक नै यतिसम्म गिरेपछि कलाकारको भ्याल्लू कसरी बढ्छ ?

समाज

काठमाडौ । ‘हाम्रो त भ्याल्लू’ नै भएन । श्रोता, दर्शक र राज्यका निकायले कलाकारको महत्व नै बुझेनन् ।माथिल्लो स्थानमा पुगेपछि कलाकारको गुनासो नै यही हुन्छ । कलाकारले के आफ्नो महत्व राख्न सकेका छन् ?

छिमेकी मुलुक भारतका सुपरस्टारहरु हेर्दा उनीहरुलाईपनि त्यस्तै बनौँ भन्ने लाग्देन र ? अवश्य लाग्छ । देश र जनताको माया, प्रसंशा, सम्मान, सुरक्षा ओहो भारतिय उत्कृष्ट कलाकारको जीवनशैली हेर्ने हो भने जो कोहीलाई लोभ लाग्छ ।तर नेपालमा त्यो हुन सकेन ।

फिल्म हलमा पैसा तिरेर टिकट काटेर हेर्नुपर्ने कलाकारहरु बाटो-बाटोमा, चोक–चोकमा वा होटल-पसलमा हेर्न पाइन्छ भने किन पैसा तिर्ने ?नेपाली चलचित्र उद्योगको उधोगतिको कारणपनि यही हो । नाम चलेका होरो, हिरोइनको आन्द्र-भूँडी साधारण मानिसले समेत खोतल्न पाइसकेको छ अनि चलचित्र कस्तो होला भन्ने त्यसै अनुमान लगाउन सक्छ ।

अपेक्षा भन्ने केही बाँकी नरहेपछि राम्रो र धेरै खर्च गरिएको चलचित्रको व्यापारपनि सुख्खा हुन्छ । अनि लगानी बालुवामा पानी हाले बराबरी हुन्छ ।को कलाकार कस्ता छन् त हामी सबै भन्न सक्दैनौँ । कलाकारको महत्व कलाकार आफैले राख्न नसक्दा नेपाली चलचित्र उद्योगले नराम्रो क्षति व्यहोरिरहेको विषय उठान गर्न खोजेका हौँ ।

त्यसको उदाहरण हामी महानायक राजेश हमालबाट मात्रैपनि लिन सक्छौ । हास्य कलाकार, चलचित्र निर्देशक दिपाश्री निरौलाले राजेश हमाल दाईलाई महानायक भन्न मिल्छ ?महानायक यति हल्का हुनसक्छन् भनेर केही शब्द बोल्दा त्यो विषय निक्कै हंगामा बन्यो ।

जनता र आफ्नो क्षेत्रमा अति असहज बनेका बेला खै साथ सहयोग, जति अफर आएपनि जस्ता चलचित्रपनि खेलिदिने खै आफ्नो महत्व लगायतको बुझाईमा दिपाश्रीको टिप्पणी थियो ।त्यो एकहदसम्म सही थियो । अब त राजेश सरलाई टिकटकमा के रमिता देखाएको ? बाटो हिँड्ने जो कोहीसँगपनि कम्मर मर्काएको छ ?

छाती जोडाएको छ हैन महानायकको यो के पारा हो ?भन्न अवश्य सकिन्छ । किनकी सुपरस्टार, मेघा स्टारहरुले यो गर्न सक्दैनन् । उनीहरु सडकमा निस्किदा फ्यानहरुको ओइरोले मर्कामा पर्छन् । तर अहिले सामान्य टिकटक युजरको अकाउण्टहरु चाहार्ने हो भने नेपालका महानायक राजेश हमालसँग कम्मर मर्काएका भिडियो जतिपनि छन् । अनि नेपाली दर्शकले किन हेर्ने फिल्म ? सोच्नुहोस् है ?

बेलैमा सोच्नुहोस् । यहाँ त महानायकको उदाहरण मात्र दिएका छौ । सबै कलाकारको हालत यही छ । यसले आफू त डुब्नु हुन्छ नै नेपाली चलचित्र नगरीकोपनि जहाज कहिलै उत्रिन नसक्नेगरी डुवाई दिनुहुनेछ ।माथि लेखिएका शब्द पछिल्लो भिडियो प्लाटफर्म टिकटकको अनामिका कार्की नामको अकाउण्टमा महानायक राजेश हमालसँगको भिडियो हेरेपछि लेखिएको हो ।

फिचर्ड गरिएको तस्विरपनि त्यही भिडियोको हो । कम्तिमा यो क्षेत्र सच्चिन्छ की भनेर मात्र यो विषय उठान गरिएको छ । बाँकी तपाई जो जससँग सम्बन्धित छ आफै सोच्नुहोला । जनबोलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.