गुल्मीको मुसिकोटमा विद्यार्थी छोडेर आउदै गरेको गाडी दु’र्घ’ट’ना

समाज

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: गुल्मी गुल्मीको मुसिकोट नगरपालिका-७, वामी झेँदीमा विद्यार्थी छोडेर फर्कदै गरेको लु २ ख ५२९६ नम्बरको गाडी दु’र्घ’ट’ना’ भएको छ।

मालिका इङ्ग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाई वामी शेरासम्म छोडेर फर्कने क्रममा करिब ४:४५ बजेतिर दु’र्घ’ट’ना भएको वामीका ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो। गाडी सडकबाट करिब २० देखि २५ मिटर तल खसेको छ।

उक्त गाडीमा अन्य यात्रु कोहि नभएको र चालक खुम बहादुर राना घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचारको लागि पठाइएको विद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठले बताउनुभयो।

विपरित दिशातिरबाट आएको मोटरसाइकललाई बचाउने क्रममा एक्कासी ब्रेक लगाउदा सडकको ढुङ्गामा घर्सिएर दुर्घटना भएको चालक खुम बहादुर रानाले बताएका छन।

सडक देखि तल खसेको गाडीलाई निकाल्ने प्रयास भैरहेको छ।

Leave a Reply

Your email address will not be published.