तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान

समाज

८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । कर शिक्षा बारे जानकारी नहुदा बिभिन्न व्यवसाय गर्ने व्यवासयीलाई समस्या झेल्नु पर्ने बाध्यता छ ।

त्यसलाई मध्य नजर राखेर कर शिक्षा करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो । जिल्ला सदरमुकाम तम्घासमा आन्तरिक राजस्वर कार्यालय बुटवलको आयोजना र गुल्मी उद्योग बाणिज्य संघको समन्वयमा तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो ।

व्यवसायीलाई आन्तरिक राजस्वर कार्यालय बुटवलका कर अधिकृत सागर पोखरेलले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने,.

कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी बिभिन्न जानकारी गराएका थिए । व्यवसायीहरुले कर सम्बन्धी बिभिन्न जिज्ञासा राखेका थिए । उनिहरुले व्यवसाय दर्ता र करतिर्दा पर्ने समस्या उठाएका थिए ।

व्यवसायीहरुले राखेको जिज्ञासामा आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुव पाण्डेले व्यवसायीलाई आफुले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गरे । उनले व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु प्राथामिकता रहेको बताए ।

आफनो व्यवसायको कर अधिकृत स्वय आफै रहेकाले करसम्बन्धी जानकारी आफैले लिनुपर्ने पाण्डेको भनाई छ । करका विषयमा अझै पनि गलत भ्रम रहेकाले त्यसलाई चिरी करको दायरामा आउदा हुने फाइदाको बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो ।

व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अत्य गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आबश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरि राख्नु पर्नेमा जोड दिए ।

गुल्मी जिल्ला भरका व्यवसायलाई सुस्म तरिकाले अनुगमन गर्न लागिएको बताए । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्य रहेको रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीले बताइन् । उनले आफनो व्यवसाय गर्दा दर्ता नविकरण देखि राजस्व सम्बन्धी ज्ञान पनि हुनुपर्नेमा जोड दिइन् । व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरे व्यवसाय दर्ता, नविरकण र अनुगमनको बारेमा जानकारी गराएका थिए ।

कर शिक्षाप्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्याहरुमा सहज हुने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । कर सम्बन्धी अइपर्ने समस्याहरुको बारेमा धेरै जिज्ञासाहरु आउने गरेकाले बेला बेलामा गुल्मी उद्योग बाणिज्य संघले करदाता शिक्षा कार्यक्रम गर्दै आएको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।

जिल्लाका व्यवसायीहरुलाई कर तिर्न पाल्पा, बुटवल जानुपर्ने बाध्यता थियो । तर अहिले भने तम्घासमै करदाता कार्यालय स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *