तेह्रथुमको रिजल्ट किन देखाएन ! अब कसरी हेर्ने ?

अर्थ / वाणिज्य

काठमाडौ । तेह्रथुम पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओमा आवेदन दिएकामध्ये ७४ हजार ४०० ले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी सबैको हात खालि भएको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको थियो ।

जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

यही कित्ता खरीदका लागि आवेदन दिएका २३ लाख ५५ हजार ४४७ मध्ये ७४ हजार ४०० ले मात्र १० कित्ताको दरले सेयर पाएका हुन् ।

आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध गरिएको थियो ।

यसरी हेर्दा २३ लाख ४६ हजार ६२७ सदर आवेदकबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको देखिन्छ ।

यसरी हेर्दा कुल सदर आवेदकमध्ये ३.१७ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् ।

बाँकी ९६.८३ प्रतिशत आवेदकको हात रित्तो भएको छ ।

तेह्रथुम पावरले भदौ ९ गतेदेखि आइपीओमा आवेदन खुलाएको थियो ।

भदौ १३ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको थियो ।

आइपीओमा आवेदन दिएकाहरुले आफूलाई आइपीओ परे या नपरेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट तथा मेरो सेयरको आइपीओ नतिजा हेर्ने वेबपोर्टलमा गएर केहीबेरपछि रिजल्ट हेर्न सक्नेछन् ।

साँच्चै कतिबेला हेर्न मिल्छ ?

आईपीओ बाँडफाँड भएकाे धेरै घण्टा भईसकेकाे छ ।

तर अपराह्न सम्म पनि नतिजा इन्टरनेटमा राखिएकाे छैन् ।

यस सम्बन्धमा बुझ्न खाेज्दा बिक्रि प्रबन्धकले प्राविधिक कठिनाई भईरहेकाे र ठ्याक भन्न सकिने अवस्था नभए पनि अबकाे केही समयमै नतिजा इन्टरनेटमा उपलब्ध हुने जानकारी गराएकाे छ ।

एकिन समयबारे भने जानकारी दिन चाहेकाे छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *