बढ्यो मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य हेर्नुहोस् कति भयो।

अर्थ / वाणिज्य

काठमाडौं । साताको तेस्रो कारोबार दिन मनकामना स्र्माट लघुवित्तको सेयर मूल्य वृद्धि भएको छ ।

आज कम्पनीको सेयर मूल्य ४.०१ प्रतिशतले वृद्धि भएको हो ।मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँ ४० पैसाले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५५५ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको १० हजार ९९२ रुपैयाँ कारोबार भएको छ । उक्त दिन कम्पनीको २० कित्ता मात्रै सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाण्डो । सोमबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको बजार मंगलबार भने ४४ अंकले घटेर समग्र बजार २९३६ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार अवधिमा २२२ कम्पनीहरुको ७ अर्व ४९ करोडको शेयर खरिद विक्री भएको छ । आज सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने २६ कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

युनाईटेड मोदीको सबै भन्दा धेरै मूल्यको शेयर कारोबार हुँदा जीवन विमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ ।

नेपाल राष्ट बैकसँग अर्थमन्त्रीले कुराकानीको प्रभाव परेर बढेको हिजोको बजार आज भने मौद्रिक नितिमा कुनै फेरवदल नगर्ने बैकको संकेत पछि पुन ओरालो लागेको जानकारहरुको भनाई छ ।

मैद्रिक नितिमा १२ करोडको शेयर धितो कर्जाको सिमालेनै शेयर बजार ओरालो लागेको धेरैको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *