यसै साता तेह्रथुम पावरको आइपीओ बाँडफाँट हुने

अर्थ / वाणिज्य

काठमाडौं । तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आइपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइपीओको प्रि-अलटमेन्ट सकिएको छ ।

कम्पनीले भदौ ९ देखि १३ गतेसम्म ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई, १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

यो आइपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

परेको आवेदन मध्ये गोलाप्रथा प्रकृयाबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । जसअनुसार ७४ हजार ४ सय जनाले १०-१० कित्ता सेयर पाउने छन् । बाँकी योग्य आवेदकको हात खाली हुनेछ ।

यो पनि पड्नुहोस।

बुधबार पनि नेप्सेमा भारी गिरावट कारोबार रकम पनि घट्यो।

काठमाडौं – बुधबार पनि नेप्सेमा ठूलो पहिरो गाएको छ । मंगलबार बजार अर्धसतक हाराहारीमा घटेको बजार आज पनि सोही अनुरूप घटेको छ ।

शेयर धितो कर्जाको बहानामा नेप्सेमा निरन्तर बिक्री चाप पर्दा बजार घट्न पुगेको हो ।

बुधबार नेप्से करिव ६० अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २८७६ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर ६ अर्व ६४ करोड हाराहारीमा झरेको छ ।

आज कारोबार भएका मध्य २० कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १६१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज युनाईटेड मोदीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।

आर्थिकसन्देशबाट साभार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *