आज ह्वात्तै घट्यो सुन चाँदीको भाउ, कति पुग्यो हेर्नुहोस्।

अर्थ / वाणिज्य

काठमाडौं : हिन्दु नारीहरुको महान् पर्व हरितालिकाको अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ ।

हिजो मंगलबार प्रति तोला ९१ सय ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार भने तोलामा सात सयले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ ।

त्यसैगरी , हिजो प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो । तर, बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ ।

समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखाङ्कन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो ।

निर्देशनपछि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *