आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ / वाणिज्य

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ हिजो छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घटबढ हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *