न्यादी हाइड्रोपावरले ४० लाख कित्ता आईपीओ निष्कासन गर्ने

अर्थ / वाणिज्य

न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । न्यादीलाई नेपाल धितोपत्र बोर्डले ४० लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न स्वीकृति दिएको हो ।

बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको लमजुङ जिल्लामा निर्माणाधिन न्यादी हाइड्रोपावर लिमिटेडलाई धितोपत्र बोर्डले अनुमति दिएसंगे निकट भविक्ष्यमा यसको निर्माण सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले अबको केही समयमा नै प्रभावित तथा जिल्ला बासीका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । सर्वसाधारणको लागि पनि प्राथमिक सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

यो पनि पड्नुहोस।

अब डिसहोमले पनि बिल्डिङ बिधिबाट आइपीओ ल्याउदै, कति हुनेछ मुल्य ?

डिसहोम नेपालले बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने भएको छ। बर्षदिन अगाडी आइपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको डिसहोम नेपाल अब भने बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारि गर्ने भएको हो।

यहि आर्थिक बर्षभित्र बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने तयारीमा जुटेको डिस मिडिया नेटवर्कका प्रबन्धक निर्देशक सुदीप आचार्यले बिजपाटीसँगको कुराकानीमा बताए।

उनकाअनुसार प्रकृया केहि लामो हुने भएकाले कम्तिमा पनि यहि आर्थिक बर्षभित्र बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने लक्ष्य सहित काम कारबाहीहरु अगाडी बढेको छ।

गत बर्ष असार ३० गते धितोपत्र बोर्डमा प्रस्ताव गरीएअनुसार कै २३ लाख ८५ हजार ९२९ कित्ता सेयर बुक बिल्डिङ

बिधि मार्फत सर्वसाधारणको लागि बिक्रि खुला गरिने आचार्यले स्पष्ट पारे।

यो पनि: डिशहोमका एमडी आचार्यको अनुभवः होटलमा भाडाँ माझ्नेदेखि बैंकको अध्यक्षसम्मबुक बिल्डिङ बिधि मार्फत आइपीओ ल्याउँदा कम्तिमा पनि प्रति कित्ता एक सय रुपैयाँ भन्दा माथि नै हुने तर कति हुन्छ भन्ने कुरा अहिलेनै भन्न कठिनाई हुने समेत उनले बताए।

बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्नका लागि डिसहोम नेपालको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

बार्ह वर्षअघि स्थापना भई देशको लिडिङ पे टिभी उद्योगको रुपमा काम गरिरहेको डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको हो। २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो।

सन् २०१९ मा ३ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको डिसहोम नेपालले सन् २०१९ मा ४ अर्ब २५ करोढ ३० लाख रुपैयाँ र सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ३ वर्षमा २९.९५ प्रतिशतले आम्दानी वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *