गुल्मीमा सम्बन्ध वि’च्छे’दका लागि पुरुषका ३३ मुद्दा

समाज

गुल्मी, १६ साउन (कास) : गुल्मीमा सम्बन्ध विच्छेदका लागि पुरुषका ३३ वटा मुद्दा दर्ता भएका छन् । गुल्मी जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मु’द्दा दर्ता भएका म’ध्ये पुरुषका पनि ३३ वटा मु’द्दा रहेको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए ।

जसमध्ये १४ वटा मु’द्दा फछर्यौट भएका छन् । गुल्मी जिल्ला अदालतमा आर्थिक वर्ष २०७७/०७८ मा कुल नयाँ ३ सय ९४ थान मुद्दा मध्ये सम्बन्ध विच्छेदका १ सय ९४ थान मु’द्दा दर्ता भएका छन् । त्यस्तै सम्बन्ध विच्छेदका लागि महिलाले दर्ता गरेका मुद्दाको संख्या १ सय ६१ थान रहेका छन् । जसमध्ये १ सय २६ थान मुद्दा फछ्र्योट भएका छन् ।

जिल्ला अदालत गुल्मीले मुद्दा तथा अन्य विषयको लक्ष्य प्रगती पत्रकारसँग शुक्रबार समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य प्रगति सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भुसालले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १ सय ६६ थान मुद्दा र नयाँ दर्ता भएका ३ सय ९४ थान मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा ३ सय ६४ थान मुद्दा गर्ने लक्ष्य रहेकोमा लक्ष् भन्दा बढी ३ सय ७१ थान मुद्दा फछर्यौट भएका छन् । यो लक्ष्यको १०२.२० प्रतिशत हो ।

गत असार मसान्तसम्म जम्मा लगत ५ सय ६० थानमा ३ सय ७१ थान मुद्दा फछ्र्योट भई १ सय ८९ थान मुद्दा वाँकी रहेको छ बाकी मध्ये १ वर्ष नाघेका मुद्दा संख्या २ थान रहेको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भुसालले बताए ।

अहिले अदालतमा १८ महिना नाघेका कुनै पनि मुद्दा छैनन् । दर्ता भएका मुद्दा मध्ये सरल मार्ग समूहमा ३ सय २९, सामान्य मार्गमा ६४ र विशेष मार्ग समूहमा १ थान मुद्दा दर्ता हुन आएको अदालतले जनाए छ । थुनुवा मुद्दाको सख्या ५६ थान रहेकोमा २८ थान फर्छयौट भई २८ थान बाँकी रहेको अदालतले जनाएको छ ।

गुल्मी जिल्ला अदालतको अभिलेख शाखामा २१ हजार ७ सय ९२ थान मिसिल रहेका छन । मिसिल भनेको फाइल हो । करीव १३ हजार मिसिल कम्प्युटरमा प्रविष्ट गरिएको छ । कार्ययोजना बमोजिम कागज सडाउने काम सबै सम्पन्न भएको पनि अदालतले जनाएको छ ।

फैसला कार्यान्वयन तर्फ जिम्मेवारी ह आएका अघिल्लो आर्थिक वर्षका २७ थान र नयाँ दर्ता भएका ४५ थान गरी जम्मा लगत ७२ मध्ये असार मसान्त सम्म लक्ष्य अनुसार ५३ थान फछ्यौट भएर जम्मा १९ थान मुद्दा बाँकी रहेको पनि अदालतका श्रेष्तेदार उपसचिव भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *