मानुषी लघुवित्तकाे ३ लाख कित्ता आईपीओ निष्काशन ! कति आवेदन दिने ?

अर्थ / वाणिज्य

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

सो आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

यो पनि पड्नुहोस।

साउन २० देखि सानिमा लाइफकाे आईपिओ ! कत छ पर्ने सम्भावना ? काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओमा साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर जारी गर्न लागेको हो ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओमा साउन २० गतेदेखि साउन २४ गतेसम्म आवेदन खुलाउने भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता आईपिओ मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र थप ५ प्रतिशत अर्थात तीन लाख कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको ५४ लाख कित्ता शेयर आवेदन दिएका सर्वसाधारणको लागि वितरण गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका कृष्ण गिरीका अनुसार सर्वसाधारणहरुले मेरो शेयरको वेभसाइट तथा एप र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा गएर आईपिओ भर्न सक्नेछन् ।

तर, आईपिओ भर्न डिम्याट खाता भने अनिवार्य रुपमा आवश्यक पर्नेछ । दुई अर्ब जारी पुँजिको ३० प्रतिशत आईपिओ जारी गर्न लागेको हो ।कम्पनीको हाल चुक्ता पुँजि एक अर्ब ४० करोड रुपैयाँ छ । आईपिओ जारी भएपछि कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब पुग्नेछ । सानिमा लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.