गुल्मी जिल्लाको आजको कोरो’ना अपडेट हेर्नुहोस्।

समाज
Share

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१८ जनामा गरिएको परीक्षणमा ६ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यससंगै सक्रिय संक्रमितको संख्या ३७० पुगेको छ । संक्रिय संक्रमितमध्ये ३६९ जना सामान्य उपचार सहित होम आइसोलेसन र १ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्।

२४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना पुष्टि, १ हजार ४७५ जना संक्रमणमुक्त।

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोग शालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप १ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ।

हालसम्म देशभर ३४ लाख ९५ हजार ६९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३०१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ८३२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *