सुनको भाउ आज तोलामा यति धेरैले घट्यो ।

अर्थ / वाणिज्य
Share

काठमाण्डाै – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि

काठमाण्डाै – बिहीबार (भाेलि) खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सार्वजनिक बिदा हुन्छ कि हुँदैन भन्ने जिज्ञासा बढेको छ । तर सरकारले अहिलेसम्म सार्वजनिक बिदाबारे निर्णय गरेको छैन ।

बिहीबार बिदा हुन्छ त ? भन्ने जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भन्नुभयो, ‘२०७२ सालमा सूर्यग्रहण भएको बेला बिदा दिइएको रहेछ, तर यसपालि अहिलेसम्म यसबारे निर्णय भैसकेको छैन । मन्त्रिपरिषद्ले निर्णय गर्‍याे भने बेलुकासम्म थाहा हुन्छ ।’

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएर ११ बजेर ३१ मिनेटमा सकिनेछ । ग्रहण लाग्नु अघिदेखि नसकिँदासम्म खानपान गर्न हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् बुधबार बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको गौतमले बताउनुभयो ।

सूर्यग्रहण प्रत्यक्ष आँखाले हेर्न हुँदैन । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *