काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बिहीबारदेखि शुरुहुने ‘द हन्ड्रेड’ क्रिकेट गुम्ने जाेखिम बढेकाे छ ।
भिसाको कारण सन्दीपले द हन्ड्रेडको सुरुवाती खेल गुमाउने सम्भावना बढेकाे क्रिकइन्फोले जनाएको हो ।
क्रिकइन्फोले भिसा समस्याको कारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना रहेको समेत जनाएको छ । तर, सन्दीप आबद्द ओभल इन्भिन्सिबलले भने यस विषयमा केहि बताएको छैन ।
इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा ओभल इन्भिन्सिबलमा आबद्ध सन्दीपले दी हन्ड्रेडको सुरुवाती खेल गुमाउने भएका हुन् ।
टाइओर ५ भिसाका कारण उनले यो प्रतियोगिता गुमाउने अवस्था आएमा तबरिज साम्सीलाई खेलाउने सम्भावना रहेको छ ।
१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ । पहिलो खेलमा सन्दीप आबद्द इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ ।
ओभल इन्भिन्सिबल्समा सन्दीपले ६० हजार पाउण्डमा अनुबन्ध।