गुल्मीमा जिप र बाईक ठोक्किदा एक जनाको निधन भएको छ

समाज

रेसुङ्गा नगरपालिका वडा न.४ अर्खलेमा जिप र बाईक ठोक्किदा दुर्घटना भएको छ । एकजनाको दुःखद निधन भएको छ भने ४ जना घाइते भएका छन।

पाल्पा अर्गलि स्थायि घर भई रेसुङ्गा २ उदिनढुङगामा किराना पसल गरि बस्ने बर्ष २७ को सुजन पाण्डेको टाउकोमा चोट लागेको र उपचारको क्रममा मृत्यु भएको छ । घाइतेहरुको तम्घास अस्पतालमा उपचार भैरहेको छ ।

यो पनि पढ्नुहोस्।

दाङमा जीपले ठक्कर दिँदा एक जनाको ज्यान गयो, चार घाइते

काठमाण्डाै – दाङको राप्ती गाउँपालिका-८ पिपरीमा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन बालबालिकासहित ४ जना घाइते भएका छन् ।

हिजो बेलुकी बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका पिपरीकै ४८ वर्षका राजकुमार चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन बालबालिकासहित एक युवतीलाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ । जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published.