गुल्मी जिल्लाको आजको कोरो’ना अपडेट हेर्नुहोस्।

समाज

पछिल्लो २४ घण्टामा गुल्मीमा थप 12 जना कोरोना संक्रमित थपिएका छन् ।कोरोना भाइरस सङक्रमणलाई मध्यनजर गर्दै यहि असार ३१ गतेसम्म लकडाउन गरिएको छ।

यो पनि पढ्नुहोस्।
मुलुकभर थप २३९८ जनामा कोरोना पुष्टि, १२ को मृत्यु।

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६३९ जना र ३ हजार ९५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ४ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोनामुक्त भए, १२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ७२ हजार ८४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.