खुसीको खबर : नि षेधाज्ञा खुकुलो, यि क्षेत्र खुला हुने सबैले हेर्नुहोस

समाज
Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’सहित यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ ।

आज तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनको कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । अबको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, पुस्तक पसल बिहान ९ बजेसम्म खुल्न दिइनेछ ।

पूर्वाधार निर्माणका काम अनिवार्य स्वाथ्य मापदण्ड पालना गरी सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ । यस्तै, तरकारी, फलफूल, माछा–मासु, ग्यास पसल पसलहरु बिहानको समयमा खोल्न दिइनेछ ।

ढुवानीका सवारी–साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ । सार्वजनिक र निजी सवारी–साधन चल्न दिइने छैन । निजी सवारीको हकमा अत्यावश्यक कामबाहेक आवतजावतमा लगाइएको प्रतिबन्ध हटाइएको छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरी बिहान ९ बजेसम्म वर्कसप पनि सञ्चालन गर्न दिइनेछ । ‘‘हामीले केही मोडालिटी फेरबदल गरे पनि निषेधाज्ञालाई नै निरन्तरता दिने निर्णय गरेका छौँ । यसअघि थप गरिएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिँदै छ । अहिले १० दिन थप गरेर जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएका छौँ,” प्रजिअ पराजुलीले भने ।

पहिलेको निषेधाज्ञामा खाद्यान्न पसल बन्द गरेर कडाइ गरिएको थियो । केही दिनयता काठमाडौं उपत्यकाको संक्रमण दरमा कमी आएकाले निषेधाज्ञा खुकुलो बनाउने निष्कर्षमा अधिकारीहरु पुगेका हुन् । संक्रमण दर घटे पनि जोखिम उत्तिकै रहेको प्रशासनको भनाइ छ ।

सार्वजनिक तथा निजी सवारी–साधन र अनावश्यक मानिसको आवतजावतमा भने कडाइ गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *