Breaking : SEE को परीक्षा अघिल्लो बर्ष जस्तै आन्तरिक मुल्यांकन गर्ने परीक्षा बोर्डको निर्णय

समाज
Share
  • 163
  •  
  •  
  •  
  •  
  •  
  •  
    163
    Shares

काठमाडौँ / सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको थियो ।

आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को स’ङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन सकेको जानकारी दिए ।

बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई नि’षेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको थियो । बोर्डका कार्यदलकै अध्ययन प्रतिवेदन अनुसार SEE को अघिल्लो बर्ष जस्तै आन्तरिक मुल्यांकन गर्ने निष्कर्ष निकालेको छ ! कार्यदलले आज SEE को आन्तरिक मुल्यांकन गर्ने निष्कर्ष निकालेको छ र कक्षा १२ को पनि निष्कर्ष निकालेपछि प्रतिवेदन लेखनको चरण प्रवेश गर्ने जनाइएको छ ।

अन्तिम निर्णय रा.प.बोर्डले गर्ने छ ।

त्यसैगरी SEE पास गरेका युवालाई सरकारले ५ लाख दिने ! अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रीपरिषदले गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् माध्यमिक तह वा सो सरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपैयाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् ।

सिप विकास उद्यमशिलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायत कुनैबाट कम्तिमा सात दिनको उद्यम सम्बन्धि तालिम लिएको भए पुग्ने भएको छ ।बैंकले ग्राहकलाई लगाउने व्याजदरमा राष्ट्र बैंकले पाँच प्रतिशत व्याज अनुदान दिनेछ । गत बैशाखसम्ममा ६६ जनाले तीन करोड ५२ लाख रुपैयाँ बराबर शिक्षित युवा कर्जा पाएका छन् भने विदेशबाट फर्केका दुई

Leave a Reply

Your email address will not be published. Required fields are marked *