संक्रमण उच्च हुनगएमा लकडाउन हुन्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।

उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।

उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

काठमाडौ विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा. अर्चना श्रेष्ठले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने बताइन् । उनले भनिन्,‘दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबै सर्तक हुनुपर्छ । विशेष गरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जँचाउनुपर्छ ।

यो पनि पढ्नुहोस,

पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो ।मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।बुधबार काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र जारी गरेको छ।कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने ख’त’रा रहेको भन्दै सोमबार मन्त्रालयले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेपछि गृह मन्त्रालयले गत सोमबार परिपत्र गरेको हो।स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा गृह मन्त्रालयले परिपत्र जारी गरेको जनाइएको छ । मुख्यतः भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना देखिएपछि भीडभाड हुन नदिन परिपत्र जारी गरिएको जनाइएको छ ।

हाल नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको मन्त्रालयले जनाएको छ । साथै, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.