अब भारतबाट नेपाल आउनेलाई नेपाल सरकारले लगायो यस्तो नियम, हेर्नुहोस ।

समाज

काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि नेपालमा पनि फेरी कोरोना संक्रमण बढ्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जो’खिम उच्च हुने बताए।उनले हाल नेपालमा कोरोना संक्रमणको दर कम भएपनि संक्रमणको उच्च जो’खिमको अवस्थामै भएको पनि बताए।

उनले भारतमा संक्रमण दर बढ्न थालेपछि सिमा नाकामा नि’गरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको पनि बताए। ‘छिमेकी मुलुकमा संक्रमण बढ्दै जादा हामीकहाँ जो’खिम हुनसक्छ भने हरेक नाकाहरुमा नि’गरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।

सहप्रवक्ता डा अधिकारीले अहिले पनि बाहिबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न भनिएको पनि बताए। स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इ’पिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले पनि भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण बढिरहेकाले केही शहरहरुमा लकडाउन तथा रात्रीकालिन क’फ्यु लगाउन थालिएको बताए।

उनले ती प्रान्तहरुमा रहेका नेपाली स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जो’खिम रहेको बताए। डा पौडेलले भारतबाट नेपालमा फेरी कोरोना संक्रमण नफैलियोस् भनेर सिमा नाकाहरुमा ज्वरो परीक्षण तथा जाँच हुन थालेको पनि बताए ।उनले ज्वरो आएका व्यक्तिहरुको लागि आरडीटी परीक्षण वा सम्भव भएन को’भिडङ१९ को ए’न्टिजेन टेस्ट गर्न निर्देशन दिइसकेको पनि बताए।

डा पौडेलले ए’न्टिजेन पोजेटिभ आएका व्यक्तिहरुलाई उपचार र आवश्यक व्यवस्थापनका लागि नजिकको अस्पतालमा व्यवस्थापन गर्न पनि निर्देशक दिइसकेको बताए। उनले भारतीय सिमानाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई नेपालमा क्वारेन्टिन बसन समेत आग्रह गरेका छन्।

उनले भारतमा देखिएको कोरोना भाइरस नयाँ भे’रिटएन्टको हो वा होइन भन्ने एकिन नभइसकेको र यदी नयाँ भेटिएन्टको भएमा सोही अनुसारको स्वास्थ्य मन्त्रालयले सतर्कताको पहल गर्ने पनि बताए। उनले नयाँ भे’रिएन्टको कोरोना भाइरस नेपालमा देखिनसक्ने भएकाले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने पनि बताए।

पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा उच्च हो । यस्तो अवस्थामा भारतमा कोरोना संक्रमण पुनः उच्च विन्दुमा पुग्न सक्ने आशंका बढेको छ ।

शुक्रबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार नाघेको छ, जसमध्ये एक लाख ५९ हजार ३७० को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १५४ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये ६५ प्रतिशत महाराष्ट्रमा फेला परेका हुन् । सरकारको तथ्यांकअनुसार पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा पनि कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ ।

पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरैले बढेको छ । गत सेप्टेम्बरयता भारतमा कोरोना संक्रमण घट्न थालेको थियो, तर, पछिल्लो समय पुनः संक्रमण बढ्न थालेको हो ।

किन बढिरहेको छ त सं’क्र’म’ण ?

विशेषज्ञहरुका अनुसार कोरोना संक्रमण नियन्त्रणको लागि भारत सरकारले आवश्यक मापदण्डको पालना नगरेको कारण सं’क्र’म’ण बढिरहेको आ’रोप लगाएका छन् । साथै मानिसहरुले पनि मास्क लगाउने र भौतिक दुरी कायम राख्नेजस्ता मापदण्ड मान्न छाडेकाले संक्रमण बढेको उनीहरुको भनाइ छ ।

भारतको पब्लिक हेल्थ फाउण्डेसनका अध्यक्ष के श्रीनाथ रेड्डीले दुवै पक्षले राम्रोसँग कोरोना नियन्त्रणको मापदण्ड पालना नगरेकाले अहिलेको अवस्था आएको उल्लेख गरे ।

उनका अनुसार विशेषगरी जनवरीको सुरुआतपछि भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएसँगै मानिसहरुले मापदण्डको पालनामा बेवास्ता गर्न थाले । यसले कोरोना सं’क्र’म’ण बढ्ने मौका पाएको श्रीनाथले बताए । ‘त्यस्तै धेरै राजनीतिक, सामाजिक र धार्मिक गतिविधिहरु र धेरै राज्यको स्थानीय निर्वाचन र अन्य केही राज्यमा भएको संसदीय निर्वाचनको तयारीजस्ता कार्यक्रमहरु भए । यी सबै घटनाहरुले कोरोना सं’क्र’म’णलाई तीव्र गतिमा बढ्न सहयोग ग¥यो’, उनले थपे ।

रेड्डीले भारतमा कोरोनाविरु’द्धको हर्ड इम्युनिटी कहिले पनि विकास नहुने जिकिर गरे । उनले मानिसहरुले आवश्यक मापदण्डहरु पालना गर्ने र सरकारी निकायले पनि आवश्यक कदम चालेको अवस्थामा मात्र कोरोना नियन्त्रण गर्न सकिने बताए । ‘हामीले सबै क्षेत्रहरु निकै छिटो खुला ग¥यौं । अहिले मानिसहरु पार्टी, मलामी, नाचगानलगायतका भेलामा सहभागी भइरहेका छन् । यदि हामी आवश्यक मापदण्ड पालना गर्दैनौं भने अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ’, इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का ललितकान्त बताउँछन् । सरकारी पक्षको पनि केही कमजोरी रहेको उनको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *