अफ्रिकनले नेपाली गीत ‘फूलबुट्टे सारी’ गाउदा सामाजीक संजालमा एका एक भयो भा’ईरल ! अनुमति नलिइ गाइएको भन्दै मु’द्दा …(भिडियो)

मनोरन्जन

काठमाडौं : युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले नेपाली गीत गाएकी छिन् । उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ कभर गरेकी छिन् ।उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा उनी आफैं फिचर्ड छिन् ।

मदन कृष्ण श्रेष्ठले वियोन्सेको प्रशंसा गरेका छन् । कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो ।

युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन । यो गीतको लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् ।यता, यो गीतका सर्जक राजनराज शिवाकोटीले भने आफूहरुसँग अनुमति नलिइ गाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अनुमति लिएर गाएको भए हुने थियो । तर, कसरी को सँग अनुमति लिएर गाइएको हो थाहा छैन, राजनराज भन्छन्, कभर भए पनि व्यवसायिक तवरले स्टुडियोभित्रै रेकर्ड गरिएको छ । हाम्रै ट्रयाकमा गीत गाइएको छ ।

ओर्जिनल ट्रयाकमा गीत गाउँदा वास्तविक सर्जकसँग अनुमति लिनुपर्छ ।ओर्जिनल ट्रयाकमा व्यवसायिक रुपमा कभर गाउँदा भने प्रतिलिपि अधिकारको मु’द्दा लाग्छ ।‘फूलबुट्टे सारी’ मदन कृष्णसँगै मार्मिक लामा, मिलन अमात्य र आरिष्मा शिवाकोटीले गाइसकेका छन् ।

भिडियो हेर्नका लागी यो लिंकमा किल्क गरी हेर्नुहोला ।

यो पनि पढ्नुहोस ।

धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ सार्वजनिक

हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत, रचना रिमाल र भक्त प्रधानको स्वर रहेको यो गीत आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।

सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ ।

यो चलचित्रले दर्शकलाई निराश नबनाउने निर्देशक कुञ्जनाले जानकारी दिइन् । उनले भनिन्–‘धुर्मुस–सुन्तलीको जोडीलाई दर्शकले पर्दामा हेर्न चाहनुभएको छ । हामी सामाजिक कामसँगै हामीलाई हेर्न चाहने दर्शकको चाहना पनि पुरा गर्न लागिपरेका छौं ।

सुरुवातमा वेव सिरिजको रुपमा ‘म त मर्छु कि क्या हो’को निर्माण गरेपनि पछि मेकिङ उत्कृष्ट भएपछि वेव फिल्म बनाएको कुञ्जनाले बताइन् ।भिडियो हेर्नका लागी यो लिंकमा किल्क गरी हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.