आईपी’ओमा लगानी गर्ने अवसर : १२ करोड’को आई’पीओ आ’उँदै

अर्थ / वाणिज्य

लगानी खबर, काठमाडौँ – पछिल्लाे समय शेयर बजारमा लगानीकर्ताहरूकाे क्रेज बढीरहेकाे बेलामा थप एउटा कम्पनीले आइपिओ निष्कासन गर्ने भएकाे छ ।चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाेकम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड रूपैयाँ बराबरकाे १२ लाख कित्ता साधारण सेयर (आईपीओ) को निष्कासन तथा बिक्रीका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक केदारनाथ कार्कीले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.