हार्दिक बधाई : भारतीय बोर्ड परीक्षामा नेपाली मजदुर की छोरीले ९६.४ प्रतिशत अंक ल्याई हासिल गरिन प्रथम स्थान !

समाज
Share
  • 226
    Shares

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्। भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्।

उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन्। नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए। काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा कामका थिए।

जिरादका पूर्व ग्राम पञ्चायत अरविन्द पाटिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा विवाह समेत नगरेको बताउँछन्। ‘पछि उसले विवाह ग-यो र दुई छोराछोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने। कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए।

  • 226
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *