पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

समाज
Share
  • 138
  •  
  •  
  •  
  •  
  •  
  •  
    138
    Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ ।यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *