मृ’तकको डिम्याट खाताबाट आईपीओ

अर्थ / वाणिज्य

गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृ’त्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए ।

तर उनको डिम्याट खातामा मृ’त्युपछि निस्कासन भएका प्राथमिक सेयर (आईपीओ) पनि थिए । मर्चेन्टका कर्मचारीले मृ’त्यु भएको र आईपीओ निष्कासनको मिति दाँजेर हेर्दा पत्ता लाग्यो ।

ती व्यक्तिले श्रीमतीको मृ’त्युपछि पनि मृ’तककै खाताबाट मेरो सेयर) मार्फत सेयर भर्दै आएका रहेछन् ।

चार महिनाअघि सेयर नामसारीकै लागि अर्का एक व्यक्ति सेयर रजिस्टार कार्यालय पुगे । ती व्यक्ति डेढ वर्षअघि मृ’त्यु भएका बुवाको नाममा रहेको सेयर आफ्नो नाममा नामसारीका लागि आएका थिए । बुवाको मृ’त्युपछि पनि ती व्यक्तिले मृतकको नाममा सेयरमा लगानी गर्दै आएका रहेछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *