काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज शुक्रबार भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो ।
नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ । थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२२ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन् । सिरिजको तेस्रो खेलमा भोलि शनिबार नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार १७:५२