कालिकोटमा प्रथम टी-२० पुरुष क्रिकेट प्रतियोगिता सुरु, विजेतालाई २० हजार


समृद्ध खबर


कालिकोट । कालीकोटमा आजदेखि प्रथम कालिकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । माघ १९ सम्म सञ्चालन हुने प्रतियोगिता फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित गरी आयोजना गरिएको हो ।

प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको विकासमा टेवा पुर्‍याउने विश्वास जिल्ला क्रिकेट संघले लिएको छ । विजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार १२:५७