आगामी वर्षको अनुदानका लागि प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग


समृद्ध खबर


काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय समपुरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ । प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन फागुन १५ भित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेश गरिसक्न भनेको हो ।

अघिल्ला वर्षहरुमा आयोगले समपुरक र विशेष अनुदानका योजनाको प्रस्ताव पुस मसान्तभित्र माग गरिसक्थ्यो । तर, यसपटक राष्ट्रिय विकास समस्या समाधान समितिले समपुरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्न निर्देशन दिएपछि प्रस्ताव माग गर्न ढिला भएको हो ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार १२:४८